बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

फर्निचरका पुराना सामाग्री दिए नयाँ पाइने, नारायणगढमा नेपो मेघा एक्सचेञ्ज अफर लाग्दै

फर्निचरका पुराना सामाग्री दिए नयाँ पाइने, नारायणगढमा नेपो मेघा एक्सचेञ्ज अफर लाग्दै

सुनौलो नेपाल/ चितवन – नेपो फनिर्चरले आप्नो २५ औं बसन्त पार गरेको अवसरमा फर्निचरका पुराना सामाग्री दिएर नयाँ लैजाने मेघा एक्सचेञ्ज अफर ल्याएको छ ।

“सबैका लागि सधैंका लागि” भन्ने मुल नाराका साथ नेपो मेघा एक्सचेञ्ज अफर यहि माघ १८ गते देखि फाल्गुन ४ गतेसम्म चितवनको नारायणगढमा चल्नेछ ।

नेपोको एक्सेन्ज अफरमा कुनै पनि ब्रान्ड वा कम्पनीले उत्पादन गरेका पुराना फर्निचर ल्याई उचित मुल्यमा नयाँ फनिर्चर लैजान सक्ने कम्पनीका महाप्रबन्धक सुर्य कंडेलले जानकारी दिए ।


पुरानो फर्निचरका सामाग्री बेच्न चाहने ग्राहकहरुले सामान नै बोकेर ल्याउनु प्रदैन मोबाइमा फोटो खिचेर ल्याएदा पनि त्यसको मुल्यानकन गरीने कम्पनीका ह्यृमन रिर्सोस म्यानेजर अन्जु तिवारीले बताईन । त्यसरी ल्याएका पुराना सामाग्री कम्पनीले दुर्गम क्षेत्रका गरीब जनतालाई दिने कम्पनीको उदेश्य छ ।

२५ बर्ष देखी सेवा गरीरहेको नेपो ब्रान्डका फनिर्चर अहिले देशका बिभिन्न जिल्लाहरुमा पुगेसकेका छन् । नेपोको मुख्य कार्यालय चितवनको नारायणगढमा रहेको छ ।

१५ दिनसम्म चल्ने नेपोको मेघा एक्सचेञ्ज अफरबारे शनिबार चितवनको भरतपुरमा प्रेस कन्फेरेन्स गरेर जानकारी दिएको थियो । सो कार्यक्रमको सहजीकरण प्रिया गैरेले गरेकि थिइन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend