बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

सभामुख छान्न ओली प्रचण्ड छलफलमा, सभामुखबारे आजै टुंगो लाग्ने

सभामुख छान्न ओली प्रचण्ड छलफलमा, सभामुखबारे आजै टुंगो लाग्ने

सुनौलो नेपाल – भोलि अर्थात माघ ६ गते हुने भनिएको प्रतिनिधिसभाको बैठक अगाडी नै सभामुखको टुंगो लगाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा बार्ता भईरहेको छ।

सभामुख चयनको विषयमा केन्द्रित भएको छलफलमा दुई अध्यक्षले आज नै सभामुखको निर्णय गर्न सक्ने प्रधानमन्त्री निकट स्रोतले सुनौलो नेपाललाई बतायो।

सभामुख नहुदा पटकपटक सर्दै आएको बैठकका कारण नेकपालाई समेत यतिबेला दबाब सिर्जना भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले समेत नेकपाको आन्तरिक द्वन्दको भुमरीमा संसदलाई राखेको भन्दै छिटो निर्णय गरेर संसदलाई सुचारु गर्न माग गरेको छ।

प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेका छन्। उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आइरहेकी छन्। यहिँ नेकपा नेतृत्वलाई सभामुख छान्न हम्मेहम्मे परेको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend