
माघ ५ काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ प्रहरी जवान रमिसा श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार मुद्दा दायर भएको छ।
प्रहरी जवान श्रेष्ठले राउतले आफुलाई अभद्र व्यवहार गरेकोले कारबाही गर्न भनी जाहेरी दिएकि थिइन्। जाहेरी दर्ता भएसंगै प्रहरीले राउतलाई खोजिरहेको छ भने गायिका राउत फरार रहेकी छिन।कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ।
गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (डोमेष्ट्रिक) बाट विराटनगर जान लागेकी आस्थालाई चेकजाँचमा गर्ने प्रहरी जवान रमितामाथि भनाभन भएको भिडियोसमेत सार्वजनिक भएको छ । आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै आस्थाले आफ्नो फेसबुक पेजबाट प्रहरीमाथि गालीगलौच समेत गरेकी थिइन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend