सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

एमसीसी सम्झौता मेरो पालामा भएको हो, दायाँ बायाँ नगरी पास गराउन पहल गर्छु: देउवा

एमसीसी सम्झौता मेरो पालामा भएको हो, दायाँ बायाँ नगरी पास गराउन पहल गर्छु: देउवा

माघ ५ काठमाडौं अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीबारे चर्को विरोध भैरहेका बेला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पटकपट एमसीसी संसदबाट पास हुनुपर्ने बताइरहेका छन्। आइतबार दाङ पुगेर पत्रकारहरुसंग कुरा गर्दै देउवाले एमसीसी मुलुकको हितमा रहेकोले यसलाई पास गराउन आँफु लागि परेको बताए।

यो परियोजना आफु नेतृत्वको सरकारका पालामा सम्झौता भएको भन्दै देउवाले यसलाई आंफुले जसरी पनि पास गराउनका लागि पहल गर्ने बताए। ‘यो परियोजनाको प्रकृया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजनालाई जसरी पनि पास गराउनु पर्छ,’उनले भने ‘यो बिषयमा अरु दायाँ बायाँ केहि हुँदैन।’

पार्टीले एमसीसीलाई पास गराउनका लागि पहल गर्ने निर्णय गरेको पनि उनले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend