
माघ ५ काठमाडौं सभामुख चयनबारे लामो समयको छलफलपछि अन्तत पुर्व माओवादीका अग्नि सापकोटा सभामुख बन्ने लगभग पक्का भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले सापकोटालाईनै सभामुखका लागि उपयुक्त पात्र भएको निष्कर्ष निकालेको हो।
आजै दिउँसो बस्ने नेकपा सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्ने स्रोतले जनाएको छ।
नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।
कृष्णबहादुर महरा बलात्कार प्रकरणमा मुछिएपछि सभामुख पद रिक्त भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend