सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारी हिमपातपछि पहिरो, राजमार्ग अवरुद्ध

भारी हिमपातपछि पहिरो, राजमार्ग अवरुद्ध

माघ ५ काठमाडौं डडेल्धुराको अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहे पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् । लगातारको वर्षा र हिमपातपछिको पहिराले तीन जिल्ला बैतडी, बझाङ र दार्चुलादेखि आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend