
सुनौलो नेपाल /माघ ६ – काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको सुचना तथा प्रविधि विधयेक लामो संघर्षपछि प्राप्त भएको नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याएमा त्यो स्वीकार्य नहुने बताएकी छन्।
नागरीकले सरकार र कुनै पनि संस्थाप्रति फरक मत राख्दैमा कुनैपनि कारवाहीको भागिदार हुन नहुने उनले बताइन तर अभिव्यक्ति स्वन्तत्रताकै नाममा ब्याक्तिको चरित्र हत्या गर्ने फोटो जोड्ने नग्न फोटोमा लगेर कसैको टाउको जोड्ने त्यसलाई अभिव्यक्ति स्वतन्त्रता मान्न नसकिने र त्यस्तो गर्नेहरुलाई कानुन आवश्यक रहेको उनले बताइन ।
सुनौलो नेपालसंग कुरा गर्दै झाँक्रीले अभिव्यक्तिका नाममा व्यक्तिको आत्मसम्मानमा आँच आउने खालका काम भैरहेको र यसलाई रोक्नका लागि कानुनको आवस्यकता भएको हो तर फरक विचार राखेकै आधारमा कसैलाई बन्देज गर्न नहुने उनको भनाइ थियो। यदि यो विधयेक सरकारले गलत नियतले ल्याउन लागेको भए कोहि पनि सुरक्षित नरहेको उनले बताइन।
“सरकारले सुचना तथा प्रविधि विधयेक अपराधिक क्रियाकलाम र अमर्यादित गतिविधिहरुलाई नियन्त्रण गर्नलागि ल्याएको हो कि अभिव्यक्ति स्वतन्त्रतालाई नै बन्देज गर्ने नियतले ल्याएको हो प्रष्ट हुनुपर्छ”, झाँक्रीले भनिन, ” यदि यो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन ल्याइएको हो भने हामीलाई किमार्थ स्वीकार्य छैन” ।
प्रस्तुत छ सुनौलो नेपालका लागि सांसद झाँक्रीसंग सुनौलो नेपालका लागि मोहराज शर्माले गरेको कुराकानी:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend