
माघ ६ काठमाडौं उपसभामखु शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिएकी छिन। प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै संसदमा आफ्ना कुरा राखिसकेपछि तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी हुन्।
उनले बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभालाई नेतृत्वविहीन बनाउन नहुने मान्यता बमोजिम धारणा राख्दै आएको र संसदको ठूलो दलले सभामुखको उम्मेद्वार टुंग्याउनेबित्तिकै मार्ग प्रशस्त गरेको बताइन्।
संसद्को अर्को बैठक आजै दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्य महन्त ठाकुरले गर्नेछन्। सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend