logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पोखरामा चट्याङ लागेर एक जनाको निधन

    पोखरामा चट्याङ लागेर एक जनाको निधन

    1.2K
    Shares
    पोखरामा चट्याङ लागेर एक जनाको निधन

    असार । काकास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गएराति करिब साढे ११ बजे चट्याङ लाग्दा स्थानीय ४९ वर्षीय देव बहादुर विकको ज्यान गएको हो ।

    उनलाई आफ्नै घरमा ढोका लगाउने क्रममा चट्याङ लागेको थियो । त्यसपछि बेहोस् भएका उनलाई अस्थायी प्रहरी पोष्ट बाम्दीको टोलीले उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो ।

    सो अस्पतालका डाक्टरहरुले चेकजााच गर्ने क्रममा आज बिहान २ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    गएराति नै चट्याङ लागेर दाङ र बागलुङमा २(२ जनाको मृत्यु भएको थियो । दाङको दंगीशरण गाउापालिका(३ का ३७ वर्षीय रामनारायण चौधरी र वडा नम्बर ६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको थियो ।

    यस्तै, बागलुङको ढोरपाटन नगरपालिका–५ चित्रबहादुर विककी नौ वर्षीया छोरी सुनिता र ६ वर्षीय छोरा दिनेशको पनि चट्याङ लागेर ज्यान गएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend