मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

अग्नि प्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गर्दै, प्रस्तावकमा सुवास नेम्वाङ

अग्नि प्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गर्दै, प्रस्तावकमा सुवास नेम्वाङ

माघ ७ काठमाडौं कृष्ण बहादुर महरा बलात्कार काण्डमा मुछिएपछि रिक्त भएको प्रतिनिधि सभाको सभामुख पद पूर्ति हुने भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अग्नि प्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेसंगै प्रतिनिधि सभाले सभामुख पाउने निश्चित भएको हो।

सभामुखको निर्वाचन यहि माघ १२ गते हुनेछ। जसका लागि नेकपाले केहीबेरमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता गर्दैछ । सापकोटाको उम्मेदवारी मनोनयन दर्तामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक रहने स्रोतले जनाएको छ। संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

उता प्रतिपक्षि नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो।

शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजिनामा दिएपछि सभामुख निर्वाचनको लागि बाटो खुलेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend