आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

दामनको होटेलमा वेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

दामनको होटेलमा वेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

माघ ७ काठमाडौं मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोर अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याइएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेका छन्।

दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए । उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए । मृतक ८ जना बिहान अर्धचेत अवस्थामा भेटिएका थिए। उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा ल्याइएको थियो ।

प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend