आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

सुवास नेम्वाङको प्रस्तावमा सापकोटाले गरे सभामुखमा उम्मेदवारी दर्ता, समर्थकमा देव गुरुङ,ओनसरी घर्ती र लक्ष्मणलाल कर्ण

सुवास नेम्वाङको प्रस्तावमा सापकोटाले गरे सभामुखमा उम्मेदवारी दर्ता, समर्थकमा देव गुरुङ,ओनसरी घर्ती र लक्ष्मणलाल कर्ण

माघ ७ काठमाडौं प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सापकोटाले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्।

कृष्ण बहादुर महरा बलात्कार काण्डमा मुछिएपछि रिक्त भएको प्रतिनिधि सभाको सभामुख पद पूर्ति हुने भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अग्नि प्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेसंगै प्रतिनिधि सभाले सभामुख पाउने निश्चित भएको हो।

सभामुखको निर्वाचन यहि माघ १२ गते हुनेछ। शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजिनामा दिएपछि सभामुख निर्वाचनको लागि बाटो खुलेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend