शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

कोरोनाभाइरस स्वरूप परिवर्तन गरेर मानिसमा सर्न सक्ने, अमेरिकामा पनि सङ्क्रमण भेटियो

कोरोनाभाइरस स्वरूप परिवर्तन गरेर मानिसमा सर्न सक्ने, अमेरिकामा पनि सङ्क्रमण भेटियो

माघ ७ काठमाडौं – चीनमा देखा परेको नयाँ कोरोनाभाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन्। उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्। चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ‘सबैभन्दा महत्त्वपूर्ण चरण’मा रहेको स्वीकार गरेका छन्।अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मङ्गलवार गरेका थिए।

श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ। द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो।

चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु भएको हो। अहिलेसम्म नौजनाको ज्यान गइसकेको छ। एकजना पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट