
माघ ७ काठमाडौं – माघ ७ गतेसम्ममा किसानको सबै पैसा दिने भन्दै चिनी मिल सञ्चालकले प्रतिबद्धता जनाए। बर्षौदेखिको आफ्नो बाँकी रकम पाउने आशासहित काठमाडौंमा आन्दोलन गरिरहेका किसानहरु घर फर्किए। तर उनीहरुको विश्वासमा फेरी एकपटक विश्वासघात भएको छ। प्रतिबद्धता अनुरूप उधोगिले किसानको पैसा दिएनन।
किसानको पैसा नदिने उधोगीको बैंक खाता रोक्का गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्रचार गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरे पनि समयमा नदिएकाले मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्रचार गरेको हो । मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न सुचना दिएको छ।
उद्योग विभागका अनुसार किसानलाई तिर्नुपर्ने एक अर्ब १६ करोडमध्ये मंगलबारसम्म उद्योगीले १६ करोड १४ लाख मात्रै भुक्तानी गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend