logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रामहरिको कटाक्ष– पशुपतिको जलहरीमा लेखाउन छुटेका ड्राइभर, कार्यालय सहयोगरी, पिएसओ र पीएको नाम पनि थपौं

    रामहरिको कटाक्ष– पशुपतिको जलहरीमा लेखाउन छुटेका ड्राइभर, कार्यालय सहयोगरी, पिएसओ र पीएको नाम पनि थपौं

    1.2K
    Shares
    रामहरिको कटाक्ष– पशुपतिको जलहरीमा लेखाउन छुटेका ड्राइभर, कार्यालय सहयोगरी, पिएसओ र पीएको नाम पनि थपौं

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा साना माछा समाएर ठूला माछालाई उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज बैठकमा बोल्दै उनले सो प्रकरणमा कसैले पनि उन्मुक्ति दिन नहुने बताए ।

    ‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला चार अना, आठ आना, सोह्र आना र बत्तीस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् ।’ सांसद खतिवडाले, ‘सरकारले भुरालाई जालमा हाल्ने र ठूलालाई छोड्ने काम नगरोस् ।’

    उनले पशुपतिनाथको जलहरी प्रकरणमा दुई थरीको मुचुल्का बनाएको पाइएको भन्दै उनले यसबारे पनि सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरे। पहिले तयार पारिएको मुचुल्कामा एकथरी तौल र अहिले तयार पारिएको मुचुल्कामा अर्को तौल रहेकोले आशंका देखिएको बताए ।

    पशुपतिनाथको जलहरीमा १३ जनाको नाम कुँदिएको भन्दै उनले अझै केही ड्राइभर, कार्यालय सहयोगरी, पिएसओ र पीएको नाम छुटेको र उनीहरु सबैको नाम लेख्नुपर्ने टिप्पणी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend