शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्यो: नेपालमा पहिलेभन्दा भ्रस्टाचार घट्यो

ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्यो: नेपालमा पहिलेभन्दा भ्रस्टाचार घट्यो

माघ ९ काठमाडौं नेपालमा गत वर्षभन्दा कम भ्रस्टाचार भएको देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई) का अनुसार नेपालमा भ्रष्टाचार घट्दो अवस्थामा देखाइएको हो ।

गत वर्ष ३१ अंक प्राप्त गरेको नेपालले ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको भ्रष्टाचार अवधारणा सूचांक २०१९ मा ले ३४ अंक प्राप्त गर्दै सुधारको संकेत देखाएको हो। पाल ३४ अंकका साथ १ सय १३ औं स्थानमा उक्लिएको छ । गत वर्ष नेपाल ३१ अंकसहित १ सय २४ औं स्थानमा थियो।

यस वर्षको सूचांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ८७ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेका छन्।

त्यस्तै सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend