
माघ ९ काठमाडौं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीलाई जसरी पनि पारित गर्न सरकार लागि परेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले एमसीसीका विपक्षमा बोल्नेहरुलाई पैसामा खरिद गर्ने काम भैरहेको बताए।
नेता पोखरेलले काठमाडौंका सोल्टी होटलमा अघोषित एमसीसीको कार्यालय रहेको र त्यहाँबाट विपक्षमा बोल्नेहरुको मुख थुन्ने काम भएको आरोप लगाए ।
‘सोल्टी दरवारबाट एमसीसीको कार्यालय चलिरहेको छ, त्यहाँबाट एमसीसीका बिरुद्ध बोल्नेहरुको मुख थुनिन थालेको छ’ पोखरेलले भने ‘एमसीसी बिरोधीहरुको मुख थुन्नकै लागि करिव १८ अर्ब रकम खर्च गरिएको सूचना छ ।’
सरकार र प्रमुख प्रतिपक्षि कांग्रेस एमसीसीलाई तत्काल पारित गर्ने पक्षमा रहेको छ भने सत्तारुढ नेकपाकै केहि नेताहरु यसलाई पास गर्न नहुने पक्षमा रहेका छन्। जनस्तरमा पनि एमसीसी देशको हितमा नभएको भन्दै यसको विरोध भैरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend