
सुनौलो नेपाल – सरकारले सिंहरदबारभित्र बनाउन लागेको संघीय संसद्को भवनको काम तिब्र गतिमा हुन् थालेको छ। २०५५ साल असार ८ गते तत्कालिन मन्त्री परिषदद्धारा सिंहदरबार भित्रको पुतली बगैचामा संसद भवन बनाउने निर्णय गरेको २१ वर्षपछि गत असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएपछी भवन निर्माणको कामले गति लिएको हो । अहिले निर्माण स्थलमा धमाधम काम भैरहेको र संसदीय समितिको भवनको बेसमेनको काम लगभग सकिन लागेको आयोजनाका प्रमुख इन्जिनियर प्रकिन्न तुलाधरले सुनौलो नेपाललाई बताउनु भयो। भवन निर्माणको जिम्मा शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण शुरु गर्न लागिएको संसद भवन निर्धारीत समयमा नै निर्माणको काम सकिने तुलाधरको दाबी छ। १ सय ७३ रोपनी ८ आना जग्गामा बन्न लागेको संसद भवन करिब ६ अर्ब ९२ करोडको लागतमा बन्न लागेको हो भवन आधुनिक र प्रविधिमैत्री हुने बताइएको छ।
संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेसरछपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछन्। संसद् भवन परिसरमा बन्ने सबै भवनको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी निर्माण गरिने छ अरु भवन बढीमा तीन तलाको हुनाका साथै संसदीय दलको भवन र कार्यालय भवन पाँच तलाको हुने सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ। असोज १६ गते टुन्डी सेक जेभिसँग कबोल अंक ५ अर्ब ३ करोड मा सम्झौता गरी निर्माण कार्य प्रारम्भ भएको थियो । फोटो – हेमराज शर्मा/ सुनौलो नेपाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend