झापा । जिल्लाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चिएर एक वृद्धाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।
पूजका गर्नका लागि फूल टिप्न हिँड्दैँ गरेकी साहलाई आज बिहान सडकमा हात्तीले कुल्चेर मारेको उनले बताए ।
सिलगुढी स्थायी बसोबास भएकी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
झापामा छ दिन अगाडि मात्रै पनि जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारको जङ्गली हात्तीले किल्चेर ज्यान गएको थियो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।