सुनसरी । इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।
हिजो (मंगलबार) अपराह्न टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशाको निधन भएको हो ।
धरानबाट पूर्वतर्फ गइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते सरितालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो भने अनुशालाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उनीहरूको उपचार क्रममा निधन भएको हो ।
दुर्घटनपछि इटहरीमा केही समय तनावग्रस्त बनेको थियो। झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि घाइते समेत भएका थिए ।