
माघ १० काठमाडौं अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सभामुखका लागि उम्मेदवारी दिएका अग्नि सापकोटालाई प्रक्राउ गर्नु पर्ने मागसहित उनीविरुद्ध शुक्रबार दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्।
उनले सापकोटालाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया सुरु गर्नु पर्ने माग गरेका छन् । रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न–नगराउन, निर्वाचन प्रक्रिया तत्काल रोक्न, पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने, लामो समयसम्म अभियोजन नगरिएकाले प्रहरी अधिकारीहरुलाई पनि कारबाही गरिनु पर्ने तथा अग्नि सापकोटामाथिको अनुसन्धान गर्न टाक्स फोर्स बनाउनु पर्ने माग गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend