शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अग्नि सापकोटा सभामुख बन्ने भएपछी राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले दिए राजिनामा

अग्नि सापकोटा सभामुख बन्ने भएपछी राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले दिए राजिनामा

माघ १० काठमाडौं अग्निप्रसाद सापकोटा सभामुख बन्ने पक्का भएपछी राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबारकै मितिदेखि लागू हुने गरी राजीनामा राष्ट्रपति समक्ष बुझाएका छन् ।

प्रतिनिधिसभामा सभामुख पदका एक्ला उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको केही क्षणमा राष्ट्रपतिका सल्लाहकार प्याकुरेलको राजीनामा आएको हो ।

प्याकुरेलले सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । आफैले रिट हालेका आरोपित पात्र सभामुख बन्‍न लागेपछि उनले पदमा बसिरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिएका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend