
सुनौलो नेपाल/काठमाडौँ —चीनबाट शुरु भएको खतरनाक नोबेल कोरोना भाइरस नेपालमा देखिएको छ। ‘नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो।
अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको थियो। उनी चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका थिए। नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमूना विदेश पठाइएको थियो।
के हो कोरोना भाइरस? हेर्नुहोस डा परशुराम घिमिरेसंगको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend