
काठमाडौं :चार महिना देखी सभामुख बिहिन बनेको संघीय संसदले आज सभामुख पाउने भएको छ।
दिउसो ३ बजेका लागि बैठक बोलाइएको संसदमा रिक्त रहेको सभामुख पदका निर्वाचन हुनेछ । सभामुखमा उम्मेदवारी दिने एकल उम्मेदवार नेकपाका नेता अग्निप्रसाद सापकोटा भएकाले उनी नै निर्वाचित हुने पक्कापक्की छ ।
असोजदेखि नै रिक्त रहेको सभामुख पद लामो राजनीतिक खिचातानीपछि पूर्ण हुन लागेको हो । सापकोटा सभामुख बनेपछि आइतबार नै उनले संसदको पहिलो बैठक पनि बसाउनेछन् । सापकोटाले पदवहाल गर्नुअघि भने संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको भुमिका निर्वाह गर्नेछन् । ठाकुरले नै सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।
उता सर्वोच्च अदालतमा अग्नि सापकोटाविरुद्धको मुद्दा सुनुवाइ हुनेछ । यसअघि नै हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख उम्मेदवार बनाउन नहुने भन्दै सापकोटाविरुद्ध सर्वोच्चमा रिट परेको थियो भने जनताहरुले बिरोध गर्दै आएका छन्।
अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । यससँगै उपसभामुख पद पनि रिक्त छ । शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको हो । सभामुख र उपसभामुख दुई फरक पार्टीको हुनुपर्ने प्रावधान छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend