
माघ १२ काठमाडौं – नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले संखुवासभामा निमार्णाधिन ९०० सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहमा बम विस्फोट गराएको छ। विद्युत गृह निर्माणस्थलको बन्दै गरेको कोलोनीमा प्रेसर कुकर बम विस्फोट गराएको हो।
बम विस्फोटबाट भारतीय प्राविधिक र कर्मचारी टोली बस्दै आएको निर्माणाधिन कोलोनीमा क्षति पुगेको बताइएको छ। बम विस्फोटलगत्तै आयोजनास्थल नजिकै सुरक्षार्थ खटिएको नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ।
विस्फोट गराउनेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend