logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पोखरामा वन रक्षक परीक्षामा नाबालकसहित ३ जना नक्कली परीक्षार्थी पक्राउ

    पोखरामा वन रक्षक परीक्षामा नाबालकसहित ३ जना नक्कली परीक्षार्थी पक्राउ

    889
    Shares
    पोखरामा वन रक्षक परीक्षामा नाबालकसहित ३ जना नक्कली परीक्षार्थी पक्राउ

    कास्की । पाेखरामा वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु जाँच गर्ने क्रममा ३ जना नक्कली परीक्षार्थी भेटिएका हुन् । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा हिजो शुक्रबार परीक्षा भएको हो ।

    नक्कली परीक्षार्थी कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना पक्राउ परेका हुन्। उनी नाबालक भएकोले प्रहरीले परिचय गोप्य राखेको छ ।

    उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएकोले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend