logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मिटरब्याज बिरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुको प्रदर्शन

    मिटरब्याज बिरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुको प्रदर्शन

    1.1K
    Shares
    मिटरब्याज बिरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुको प्रदर्शन

    काठमाडौं । मिटरब्याज बिरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आईतवार काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् ।

    मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ ।

    संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानून पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडित रेखा साहले तीनवटा पार्टीहरु मिलेर मिटरब्याज बिरुद्धको कानून पारित हुन नदिएको आरोप लगाइन् ।

    उनले संसदबाट मिटरब्याज बिरुद्धको कानून पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइन् । उनले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताइन् । उनले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानून पास हुन नदिएको आरोप लगाइन् ।

    पीडितहरुले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानून निष्क्रिय भएसँगै मिटिर ब्याजीहरु चलमलाएको बताए । उनीहरुले मिटरब्याजीहरु घरघरमा गएर गाली बेइज्जती गर्न थालेको बताए । पीडितहरुले सरकारले दिएको ललिपपले मान्ने अवस्था नरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend