logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ललितानिवास जग्गा हिनामिना प्रकरणः सञ्चार सचिव राउत पक्राउ

    ललितानिवास जग्गा हिनामिना प्रकरणः सञ्चार सचिव राउत पक्राउ

    1.7K
    Shares
    ललितानिवास जग्गा हिनामिना प्रकरणः सञ्चार सचिव राउत पक्राउ

    काठमाडौं । ललितानिवास जग्गा अनियमितता प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले आइतबार प्रहरीले राउतलाई नियन्त्रणमा लिएको जानकारी दिइन् । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी दिइसकेको छ ।

    यसअघि आज (आइतबार) नै यहीं प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि नियन्त्रण लिइसकेको छ ।

    ललितानिवासको १४३ रोपनी जग्गा अनियमितता गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

    ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको भन्दै प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि ब्यूरोको थुनामा रहेका छन् ।

    ११२ रोपनी ४ आना एक पैसा जग्गा अनियमितता प्रकरणमा चार वटा मुद्दामा प्रहरीले छानबिन गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

    यस्तै, पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा अनियमितता गरिएको छ ।

    मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको सम्बन्धमा अनुसन्धान गर्न १३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा, शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग यो मुद्दा सम्बन्धित रहेको छ ।

    २०४९ सालदेखि २०६९ सालसम्ममा ललितानिवासको १४३ रोपनी भन्दा बढी जग्गा अपचलन भएको थियो । सीआईबीले यस प्रकरणमा अहिले सरकारी लिखत किर्ते र संगठित अपराधको कसूर अन्तरगत छानबिन र कारबाहीको प्रक्रियालाई अगाडि बढाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend