शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

काँग्रेस केन्द्रीय कार्यालयमा दुई पक्ष बीच झडप,ठुलो संख्यामा प्रहरी परिचालन !

काँग्रेस केन्द्रीय कार्यालयमा दुई पक्ष बीच झडप,ठुलो संख्यामा प्रहरी परिचालन !

मुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच सोमबार दिउसो कुटपिट भएको छ ।पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात गरेको हो । नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ ।

पार्टी नेतृत्वले विधान विपरित ५० वर्षीय राजीव ढुङ्गानालाई संघको नेतृत्व दिन लागेको विरोधमा विद्यार्थीहरु असन्तुष्ट छन् । असन्तुष्ट विद्यार्थी नेताहरुले संघका पूर्व महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला संस्थापन पक्षले आक्रमण गरेको हो ।कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेविसंघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend