
साझा पार्टीले एमसीसी जस्ताको त्यस्तै पारित गरिए राष्ट्रघात हुने भन्दै सच्याउनु पर्ने बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले उक्त सम्झौता सच्याउनु पर्ने भन्दै आफ्नो धारणा सर्बाजानिक गरेको हो । विज्ञप्तिमा सरकारले गरेको उक्त सम्झौता र नेपालमा उत्पन्न अहिलेको परिस्थितिले नेपाल र अमेरिकाको लामो समय देखिको सम्बन्ध बिग्रिन सक्ने परिस्थिति देखिएको भन्दै समस्या समाधान गर्न कूटनीतिक छलफल गर्न उच्चस्तरीय कार्यदल गठन गर्न समेत माग गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनु पर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत देखिन्छन्’, ‘विज्ञप्तिमा भनिएको छ, ‘यस्ता संवेदनशील विषयहरूको निरूपण बिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त देखिँदैन।’
यहि बिषयमा साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले पनि झापामा आफ्नो पार्टीको धारणा राखेका थिए त्यसलाई थप स्पस्ट पार्न आज बिज्ञप्ति जारि गरेको हो
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend