बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

रिहा भएपछी आस्था राउतले भनिन: प्रहरी वास्तवमै हाम्रो साथी रहेछ (भिडियो)

रिहा भएपछी आस्था राउतले भनिन: प्रहरी वास्तवमै हाम्रो साथी रहेछ (भिडियो)

माघ १५ काठमाडौं गायिका आस्था राउत छुटेकी छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

रिहा भएपछी राउतले प्रहरीले आफुले सोचेभन्दा राम्रो व्यवहार गरेको बताएकी छिन। यो समयमा प्रहरीले आफुलाई धेरै नै लचिलोपना र उदारता देखाएर सहयोग गरेको उनले बताएकी छिन।

गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर गरिएको थियो । अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्‍याएको थियो ।

आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend