सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित

माघ १५ काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।

यसअघि पनि केन्द्रीय सदस्य रहेकी शिवमायाले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि पार्टीका सम्पूर्ण जिम्मेवारीसहित पार्टीको साधारण सदस्यतासमेत त्यागेकी थिइन्।

तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछिन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend