
माघ १५ काठमाडौं कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। भाइरसका कारण चार हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन्।
यस भाइरसबाट चीनमा मात्र ५ हजार ९ सय ७४ संक्रमित छन्। यस्तै चीनबाहिर ८२ गरी पुरा ६ हजार ५६ मा यस भाइरसको संक्रमण देखिएको सीएनएनले जनाएको छ। विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
पहिला यो भाइरस जनावरमा मात्रै देखिने गरिएको थियो। मानिसमा भने यो भाइरसको कुनै संक्रमण हुँदैन थियो। तर, बुहानबाट फैलिन शुरु भएको नयाँ किसिमको कोरोना भाइरस भने मानिसबाट मानिसमा सर्ने तथ्य गत सातामात्रै सार्वजनिक भएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend