
माघ १५ काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रिय समितिको बैठक आजबाट सुरु भएको छ। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका छन् ।
दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरेका छन् । राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
पार्टी स्थायी समितिमा दुवै अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैतभित्र उल्लेख थियो। सोही प्रतिवेदनलाई परिमार्जित गरी ०७७ चैत्र २५ देखि ३० सम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा राखेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend