सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

दुई ठुला दलले महाधिवेशनमय बनाउदै ७७ साल !

दुई ठुला दलले महाधिवेशनमय बनाउदै ७७ साल !

सुनौलो नेपाल माघ १५ काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्ष चैत मसान्तमा गर्ने प्रस्ताव गरेसंगै नेपालका दुई ठुला राजनितिक दलले आगामी ७७ साल महाधिवेशनमय बनाउने भएका छन ।बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका हुन्।

अध्यक्ष दाहालले बैठकमा उक्त प्रतिवेदन पेश गरेका छन्। केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राख्नेछन्।राजनीतिक प्रतिवेदनमा ‘०७७ भदौदेखि मंसिरसम्म स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने’ उल्लेख छ।यस्तै चैत मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

यता नेपाली काँग्रेसले पार्टीको १४ औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस नेकपाको केन्द्रिय कमिटि बैठकमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend