
सुनौलो नेपाल यतिबेला छिमेकी देश चीनमा कोरोना भाइरसले १३२ जनाको ज्यान लिईसकेको छ भने हजारौँ संक्रमित भएका छन्। चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि वुहानमा १ हजार सैय्या भएको अस्पताल दुई दिनमा निर्माण सम्पन्न गरेको छ । हाङगाङमा डेबी माउन्टेन रिजनल मेडिकल सेन्टर बुधबार बिहान साढे १० बजेबाट सेवा सञ्चालन गरेको हो ।
५ सय भन्दा बढी निर्माण कामदार, इलेक्ट्रिसियनलगायतले ४८ घण्टामै होङजाउ जिल्लामा अस्पताल सञ्चालनमा आउने गरी निर्माण गरे । यो अस्पताल मे महिनामा खोल्ने योजना भएपनि भाइरसको प्रकोप बढेपछि दुई दिनमै उपचार गर्न सकिने गरी निर्माण गरिएको चिनियाँ अधिकारीले बताएका छन्।
आज विहान स्थानीय समयअनुसार १० बजेदेखि सोही अस्पतालमा विरामी भर्ना गर्न थालिएको स्थानीय समाचारपत्रमा जनाइएको छ। यस अस्पतालले २ हजार ३ सय भाइरस संक्रमितको उपचार गर्ने लक्ष्य लिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend