
माघ १६ काठमाडौं- भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्ने बिषयमा नेपाली कांग्रेसका शिर्ष नेताहरुमा रहेको तिब्र तँछाडमछाडका बाबजुत अन्तत अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन्।
सभापति शेरबहादुर देउवाले आज ढुंगानालाई अध्यक्षमा चयन गरेका हुन्। ढुंगानासंगै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर चयन भएका छन् ।
फागुन २ मा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवालाई सबै पक्षसँग आवश्यक छलफल गरेर तदर्थ समिति गठन गर्ने जिम्मा दिएको थियो ।
११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरले २८ माघमा पदबाट राजीनामा दिएपछि तदर्थ समिति बनाउने काँग्रेसले निर्णय गरेको थियो। त्यसै अनुरुप देउवाले ढुंगानाको नेतृत्वमा तदर्थ समिति चयन गरेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend