
माघ १६ काठमाडौं- बिहार प्रहरीले भारतीय युवा वामपन्थी नेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई हिरासतमा लिएको छ।
बिहारको चम्पारणबामा गान्धीको सालिकमा नमन गर्न गएका कन्हैयालाई प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए।
उनले बेतियाको गान्धी मैदानमा सभा गर्ने तयारी गरेका थिए। तर, प्रशासनले कानुनी व्यवस्था र सरस्वती पूजालाई ध्यानमा राखी सभा गर्नका लागि अनुमति दिएको थिएन।
सभा गर्नका लागि अनुमति नपाएपछि कन्हैया गान्धी आश्रम बाहिर धर्नामा बसेका थिए। प्रहरीले उनलाई धर्नास्थलबाटै कन्हैयालाई गिरफ्तार गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend