
माघ १६ काठमाडौं- वेस्ट इन्डिजका बायाँ हाते विस्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। उनले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग खेल्ने पक्का भएको हो ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पोखरा राइनोजले गेललाई भित्र्याउन लागेको जानकारी दिएको हो। उनले पोखरा राइनोजबाट समुहका दुइ खेल खेल्नेछन्।
युनिभर्सल बोसका रुपमा चिनिने बायाँ हाते ब्याट्सम्यान गेलले २० ओभर किर्केटको इतिहासमा सर्वाधिक १७५ रनको कीर्तिमानी राख्न सफल भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend