बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

श्रीपञ्चमीको अवसर लिटिल डाईमण्ड प्री स्कुल मन्टेश्वरीले गर्यो बालबालिकाहरुलाई अक्षर आरम्भ

श्रीपञ्चमीको अवसर लिटिल डाईमण्ड प्री स्कुल मन्टेश्वरीले गर्यो बालबालिकाहरुलाई अक्षर आरम्भ

आशा खरेल, माघ १६ चितवन श्रीपञ्चमिकाे अवसर पारेर भरतपुर ११ स्थित नहरचोकमा रहेको लिटिल डाईमण्ड प्री स्कुल मन्टेश्वरीले आजदेखी नयाँ ब्यबस्थापनकासाथ बालबालिकाहरुलाई अक्षर आरम्भ गराएको छ ।

आज सो मन्टेश्वरीमा ३० जना बालबालिकाहरुले सरस्वती माताको पुजाआजा गरि अबदेखी सोही मन्टेश्वरीमा आफ्नो पढाईलाई निरन्तरता दिने भएका छन । उक्त मन्टेश्वरीकि प्रिन्सिपल श्रेयसा देवकोटाले बालबालिकाहरुलाई मनोरञ्जन दिई हरेक कुरामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बालबालिकालाई पढाई मात्र नभई खेलकुद नाचगान अतिरिक्त क्रियाकलापमा समेत टेवा पुग्ने हिसाबले पढाई संचालन गर्न लागेको जानकारी दिनु भयो । घरमा रेखदेख गर्न समय नपुग्ने अभिभावकका सन्तानलाई राम्रोसँग हेरबिचार गरि बालबालिकहरुलाई आफ्नै घरमा बसि पढेको अनुभुती हुने उहाँले बताउनु भयो । उक्त मन्टेशवरीमा बालबालिकाहरुले गुणस्तरिय शिक्षा पाउनुकासाथै स्वस्छ, शान्त वातावरणमा अध्ययन गर्न पाउनेछन ।

सो मन्टेश्वरीमा बालबालिकाहरुका लागि सफा, शुद्ध भोजनालयको पनि ब्यबस्था रहेको छ । हरेक दिन फरक फरक खाजा खानाको स्वादमा बालबालिकाहरु रमाउन पाउनेछन । बालबालिकाहरुलाई स्वस्थ रहनका लागि प्रत्येक दिन योगा, खेलकुद, नाचगान, प्रस्न उत्तर कार्यक्रम, राम्रो सँस्कार सिकाईने, चित्रकला र हस्तकला जस्ता विषयमा बढी जोड दिने बताउनु भयो । सो मन्टेश्वरीमा तालीम प्राप्त ४ जना शिक्षिकाले अध्यापन गराउनु हुनेछ । आजको कार्यक्रममा कार्यक्रम संचालिका बिमला गुरुङ, लेखा शाखा प्रमुख सर्मिला बस्याल, सल्लाहकार सन्जु गुरुङ लगायतको उपस्थित रहेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend