काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनु पर्ने माग उठाइएको छ ।
बैठकको तेस्रो दिन बिहीबार केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।
‘हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो । डा. शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी र सहकार्यको अवस्था हुन्छ कि भन्ने लाग्छ,’ उनले भने ।