सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

द्वन्द्व पीडित राष्ट्रिय संजालले भन्यो सिंह आयोगमा बस्न अयोग्य छन्

द्वन्द्व पीडित राष्ट्रिय संजालले भन्यो सिंह आयोगमा बस्न अयोग्य छन्

सुनौलो नेपाल – सरकारले बेपत्ता पारिएका ब्यक्तिहरूको छानबिन आयोगमा नियुक्त गरेका सदस्य सुनिलरञ्जन सिंह सदस्य पदका लागि योग्य नभएको द्वन्द्व पीडित राष्ट्रिय संजालले जनाएको छ।

संजालका वरिष्ठ उपाध्यक्ष  फडिन्द्र लुइटेलले सुनौलो नेपालसँग कुरा गर्दै भने सिंह सभामुख अग्नी सापकोटा बिरूद्ध काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको बिषयलाई लिएर सापकोटालाई कारबाही गरिपाउ भनी सर्बोच्च अदालत गएका ब्यक्ति भएको जनाउँदै समस्यालाई मिलाउने भन्दा पनि भड्काउन खोज्ने ब्याक्ति आयोगमा बस्न योग्य नहुने ठहर संजालको छ ।

२०६२ साल बैशाख १६ गते आफ्न्ना पतिलाई अपहरण गरि हत्या गरेको र त्यसमा अग्नी सापकोटा,सुर्यमान दोङ सहित ६ जना संलग्न रहेको भनी काभ्रेका अर्जुन लामाकी पत्नी पुर्णिमाया लामाले २०६४ सालमा किटानी जाहेरी दिएकी थिइन।पुर्णिमायाको रिट दर्ता भई हाल अदालतमा बिचाराधिन छ भने अभियुक्तहरू कानुनीरूपमा फरार सुचीमा छन।फरार सुचिमै रहेका बेला सापकोटा बन मन्त्री भएकाले सो बिरूद्ध अधिबक्ता सुनिलरञ्जन सिंह सहित ८ जना अधिकारकर्मीहरू सर्बोच्च अदालत गएका थिए।तिनै सिंह अहिले बेपत्ता अायोगमा सदस्य नियुक्त गरिएका छन।

अायोगमा सदस्य हुनका लागि निस्पक्ष,तठस्थ,योग्य,क्षमतावान ब्यक्ति हुनुपर्ने कानुनी ब्यबस्था छ।पक्षधरता भएको ब्यक्ति र उसले गर्ने निर्णयहरूमा बैधानिकता र सर्बस्विकार्यताको प्रश्न उठ्न सक्दछ।सिंह सापकोटाको बिपक्षमा उभिएका ब्यक्ति हुन।

अाफुहरूले शुरूदेखि नै ऐन संसोधन पछि मात्र पदाधिकारी नियुक्त गर्न सरकारलाई गरेको अाग्रह नटेरेर गलत ब्यक्तिहरूलाई अायोगमा ल्याइएको लुइटेलको अारोप छ।संक्रमण कालिन न्यायको न पनि नजान्ने र पीडितहरूसँग तीन न तेह्रको सम्बन्ध भएकाहरू अायुक्त भएका छन।यसले पीडितहरूलाई न्याय त परैको कुरा सिंगो प्रकृयालाई नै असफल पार्ने निश्चित छ।लुइटेल थप्छन “तसर्थ सिंगो प्रकृया नै समिक्षाको कसिमा उभ्याईएको छ।यसमा हाम्रो अापत्ति छ।”

लामो समय पछि नियुक्त भएका अायोग पदाधिकारीहरू पीडितहरूसँग चिरपरिचित र सम्पर्क भएका कोही पनि छैनन।सबै पीडितहरूले दोषी करार गरेकाहरू र प्रकृयाका भडुवाहरूको जी हजुरियाबाट नियुक्त भएका छन।लुइटेल भन्छन”पीडितका लागि गठन हुनुपर्ने अायोगहरूमा पीडकका सहयोगीहरू जस्ता देखिने अनुहारहरू नियुक्त भएका छन।यसले त पीडकहरूलाई चोख्याउने बाताबरण बनाउने खतरा छ।यदि बर्तमान पदाधिकारीहरूले पीडकलाई चोख्याउने गतिविधि गरेको पाइएमा सञ्जालले देशभर असहयोग अान्दोलन घोषणा गरि भण्डाफोर अभियान सञ्चालन गर्ने लुइटेलले बताएका छन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend