मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीको उद्धार, एकजना पक्राउ

प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीको उद्धार, एकजना पक्राउ

माघ १७ काठमाडौं नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उहाँले जानकारी दिए ।

अभियुक्तले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाइदिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए । उद्धार गरिएका युवतीलाई संस्थाको संरक्षणगृहमा राखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend