
माघ १८ काठमाडौँ,चिनियाँ दूतावासले कोरोना भाइरस प्रभावित एरियामा रहेका नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ ।शनिबार नेपालस्थित चिनियाँ दूतावासले कोरोना भाइरसबाट नआत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टि उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियतासाथ पहलकदमी गरिरहनेछ, कृपया ढुक्क हुन् आग्रह गरेको छ ।
कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीले अन्य देशलेजस्तै नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गर्नु पर्ने आवाज उठाइरहेका बेला दूतावासले भने स्वास्थ्य उपचारको सुनिश्चितता गरेको हो। वुहान र चीनका अन्य शहरमा रहेका केही नेपालीले उद्धार गरी आफुहरूलाई नेपाल फर्काउन माग गर्दै आएका छन्।महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’
हालै सिर्जित नयाँ परिस्थितिका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा असर पर्नसक्ने बताउँदै चीनले यो महामारी नियन्त्रणमा आएपछि भने धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्दै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend