काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जनालाई पक्राउ गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले उक्त प्रकरणमा सञ्जय महर्जन र सकुलानन्द महर्जन पक्राउ परेको जानकारी दिए । उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा राखिएको उनले बताए ।
उनका अनुसार, पक्राउ परेका दुवै जनालाई ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही खडा गरीएको थियो। सीआईबीले आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमारलाई यहीं प्रकरणमा पक्राउ गरिसकेको छ ।
अहिले यसमा संलग्न १९ जना प्रहरी थुनामा रहेका छन् । सीआईबीले ठगी र संगठित अपराधको कसूर अन्तरगत यो मामलामा अनुसन्धान गरिरहेको छ ।