सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नयाँ वर्ष २०७७ मा हेटौँडा–काठमांडौँ सुरुङमार्गको निर्माण थालनी गरिने

नयाँ वर्ष २०७७ मा हेटौँडा–काठमांडौँ सुरुङमार्गको निर्माण थालनी गरिने

माघ १८ काठमाडौं वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमांडौँ सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए ।

मुख्यमन्त्री पौडेलले काठमाडौँसँग जोडिने हेटौँडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने जानकारी दिए । उनले हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए । प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने उनले जानकारी गराए ।

प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend