logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राजनीतिक रुपान्तरणका लागि ‘एग्जिट पोलिसी’ अनिवार्यः महामन्त्री शर्मा

    राजनीतिक रुपान्तरणका लागि ‘एग्जिट पोलिसी’ अनिवार्यः महामन्त्री शर्मा

    917
    Shares
    राजनीतिक रुपान्तरणका लागि ‘एग्जिट पोलिसी’ अनिवार्यः महामन्त्री शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताएका छन् ।

    सोमवार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताए ।

    उनले राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भएपनि महत्वपूर्ण पदहरुमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताए ।

    उनले भने, ‘रुपान्तरणको अभियान भनेर केही साथीहरुले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ति साथीहरुले आत्मलोचना गरेर बस्नुपर्छ । तर त्यहाँ पनि केही महत्वपूर्ण विषयहरु संगठनका लागि गरौँ भनेर आएका छन् । त्यसलाई पनि काँग्रेसले ग्रहण गर्नुपर्छ । राजनीतिक रुपान्तरणको लागि एउटा के जरुरी देखियो भने एग्जिट पोलिसी जरुरी देखियो । त्यो एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो । केही वर्षअघि लहर चलेको थियो । ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनेको थियो । एज नभइ राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ । तर नेकपा एमालेले त्यसलाई ग्रहण गर्‍यो, त्यसलाई लागू गरेको छ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो ५ पटक हुन्थे भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ ।’

    महामन्त्री शर्माले विभिन्न नयाँ दलहरुले मिसन २०८४ सञ्चालन गरेपनि २०८४ मा २००७ सालको जस्तो क्रान्ती नभइ मात्र निर्वाचन हुने बताए । उनले पार्टीको कुनै सदस्यले कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने बताए ।

    महामन्त्री शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रश्ताव गरे । उनले एक पटक हारिसकेका व्यक्तिलाई सो भन्दा ठूलो पदमा सोही समयमा राख्न नसक्ने गरी काँग्रेस अघि बढ्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend