सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कोरोनाभाइरस आतंक: मृत्यु हुनेको संख्या ३०४ पुग्यो, चीनबाहिर पनि एक जनाको ज्यान गयो

कोरोनाभाइरस आतंक: मृत्यु हुनेको संख्या ३०४ पुग्यो, चीनबाहिर पनि एक जनाको ज्यान गयो

माघ १९ काठमाडौं चीनमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ । कोरोनाबाट १२ हजार बढी संक्रमित भएका छन् । वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण २२ देशमा फैलिसकेको छ।

फिलिपिन्समा पनि कोरोनाभारसले एक जनाको ज्यान लिईसकेको छ। चीनबाहिर कोरोनाभारसका कारण मृत्यु भएको यो पहिलो घटना हो। ती व्यक्ति कोरोना भाइरस पहिलो पटक पत्ता लागेको चीनको वुहान शहरबाट फिलिपिन्स फर्किएका थिए। फिलिपिन्स आइपुग्नु अघि नै उनी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

यता नेपाल सरकारले चीनमा रहेका नेपालीहरूको उद्धारका लागि तयारी गरिराखेको बताएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend