
माघ १९ काठमाडौं मिलिनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसीसीका बारेमा बजारमा हुने गरेका हल्लाहरुमा कुनै पनि सत्यता नभएको बताएका छन्। उनले एमसीसीका काम कारवाहीबारे नेपाल सरकारले कुनै पनि चासो राख्न नपाउने भनि हुने गरेका भ्रमहरु सत्य नभएको बताए।
सुनौलो नेपालसंग कुरा गर्दै निर्देशक विष्टले एमसीसी नेपालको हितमा रहेकोले अनावस्यक रुपमा यसको विरोध गर्नु उचित नभएको स्पस्ट पारे। नेपालले यससम्बन्धि हुने आर्थिक किर्याकलापहरुको अडिट गर्न नपाउने, एमसीसी नेपालको कानुनभन्दा माथि हुने, एमसीसीका कर्मचारीले कुनै पनि गैरकानुनी कार्य गरेको खण्डमा नेपालले कानुनी कारवाही गर्न नपाउने जस्ता कुराहरुमा कुनै पनि सत्यता नभएको बताए।
नेपालको संबिधानभन्दा माथि कुनै पनि कानुन भएको र संबिधानभन्दा माथि गएर कुनै पनि सम्झौता हुन नसक्ने उनको भनाइ थियो। ७० वर्षदेखि नेपालसंग अमेरिकाले काँधमा काँध मिलाउदैं आएको भन्दै उनले अहिले आएर एमसीसी को बिषयलाई लिएर नकारात्मक टिप्पणी भएको र यसलाई कार्यान्वयन नगर्दा यसको परिणाम तितो हुने बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend