
माघ १९ काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रिय समितिको बैठक काठमाडौंको राष्ट्रिय सभागृहमा जारी छ। बैठकमा केन्द्रिय सदस्यहरुले सरकार र पार्टी नेतृत्वको कार्यशैली प्रति आपत्ति जनाएका छन्।
विशेषगरि एमसीसी पारित गर्ने नगर्ने भन्ने कुरामा केन्द्रिय सदस्यहरुबाट फरकफरक बिचार आइरहेका छन्। कतिपयले एमसीसी नेपालको विकासमा महत्वपुर्ण हुने भन्दै यसलाई पारित गर्नुपर्ने पक्षमा छन् भने कतिपय सदस्यले यो मुलुकको हितमा नभएको भन्दै यसलाई पास गर्न नहुने धारणा राखेका छन्।
उता आफ्ना सांसदहरुलाई एमसीसीबारे एकमत बनाउन पहलका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गरेका छन्।
आइतबार रात्रिभोजका लागि नेकपाले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend